नयाँ सरकारले ७५ लाख खोप लगायो, असोजसम्म १ करोड ८ लाख खोप ल्याउँछौँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने सुनिश्चित भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै श्रेष्ठले नेपालका लागि कुल ५ करोड ५० लाख खोपको आवश्यकता पर्ने बताए । उनले अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताउँदै नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको जानकारी दिए ।   उनले भने– ‘वर्तमान सरकारले खोपलाई अभियानका रुपमा प्रत्येक

सम्बन्धित सामग्री

असोजसम्म थप १ करोड खोप आउँछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको बताउँदै उनले १ महीनाभित्र त्यस बराबरको थप खोप आउने बताएका हुन् । बिहीवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेसम्ममा ४५ लाख ७० हजार ५५३ लाई पहिलो मात्रा र २८ लाख ८ हजार ३६० लाई दोस्रो मात्रा समेत गरी ७४ लाख ५ हजार ९१३ लाई कोभिडविरुद्ध खोप लगाइएको बताए । अघिल्लो सरकारले ४२ लाखलाई मात्र खोप लगाएको तथ्यांक उल्लेख गर्दै उनले सरकारले प्रत्येक दिन डेढ लाखदेखि २ लाखलाई खोप लगाउन थालेको बताए । यस हिसाबले असोजसम्ममा कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने उनको दाबी थियो । कुल ३ करोड ३६ लाख ७१ हजार डोज खोप खरीदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले माघसम्ममा कुल ३ करोड २३ लाख खोप ल्याउने लक्ष्य लिएको बताए । लक्ष्यअनुसार उक्त संख्यामा खोप आपूर्ति भएमा नेपालमा उक्त अवधिसम्म कुल ५ करोड २२ लाख डोज आपूर्ति हुने जानकारी गराए । उनले कोभिड संक्रमणको अवस्था र त्यसको न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका थिए । सांसद्हरूले संक्रमण दर बढ्दै गएको र दशैंतिहार मुखैमा आएकोमा आवतजावत बढ्ने बताउँदै दशैंतिहार अघि नै धेरैभन्दा धेरैलाई खोप लगाउनुपर्ने बताएका थिए । बैठकमा एमाले सांसद् खेमप्रसाद लोहनीले भने, ‘चैत मसान्तसम्ममा धेरै ढिलो हुन्छ, चैत भन्यो असार जान्छ । त्यसकारण ४ महीनामा सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्नुपर्छ ।’ बैठकमा नेपाली कांग्रेसका सांसद् गगन थापाले सरकारले प्रशंसायोग्य काम गरिरहेकोमा व्यवस्थापनमा भने समस्या रहेको बताएका थिए । निषेधाज्ञा खुकुलो हुँदै गएपछि पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार मात्रै २४ घण्टाको अवधिमा १० हजार ८ सयको पीसीआर परीक्षण गर्दा ३ हजार २६० मा संक्रमण पुष्टि भएको छ भने थप ३२ जनाको कोभिडका कारण मृत्यु भएको छ ।