काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपको आयात, भण्डारण र वितरणलाई अभियानका रूपमा सञ्चालन गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा राज्यमन्त्री श्रेष्ठले नेपाली नागरिकलाई पाँच करोड ५० लाख डोज खोप चाहिने भएकाले सरकारले नागरिकको जीवन रक्षालाई ध्यान दिएर नै प्राथमिकता दिएर काम थालेको जानकारी दिनुभयो ।
केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालमा ९७ लाख डोज खोप आएको र ४२ लाख नागरिकलाई लगाइएकोमा अहिले सरकारले थप ७५ लाख डोज खोप लगाएको राज्यमन्त्री ...