वेर्नरको गन्तव्य लन्डन

लन्डन । जर्मन क्लब आरबी लाइपजिगका जर्मन युवा फरवार्ड टिमो वेर्नर इंग्लिस क्लब चेल्सीमा आउने पक्का भएको छ । वेर्नरलाई चेल्सीले पाँच वर्षका लागि ५३ मिलियन पाउन्डमा अनुबन्ध गर्न नजिक पुगेको छ । अनुबन्ध सफल भए जर्मन बुन्डेस लिगामा उच्च प्रदर्शन गरिरहेका वेर्नर २०२५ सम्म लन्डन क्लब चेल्सीमा रहनेछ । अनुबन्ध सफल भए चेल्सीले उनलाई …

सम्बन्धित सामग्री

टर्किश एयरलाइन्सको वातावरणमैत्री थिममा आधारित विमान आकाशमा, जैविक इन्धनको प्रयोग

काठमाडौं (अस) । टर्किश विमान सेवा प्रदायक टर्किश एयरलाइन्सले आफ्नो वातावरणमैत्री थिममा आधारित विमानमा उडान गरेको छ । कम्पनीले एयरबस ३२१ विमानको टीसी–जेएस टेल नम्बर भएको विमानमा वातावरणमैत्री जैविक इन्धन प्रयोग गरिरहेको छ । यो विमानलाई अन्य विमानबाट अलग देखाउन कम्पनीले पातको विशेष डिजाइन दिएको छ ।  वातवरणमैत्री इन्धनको व्यापक प्रयोगलाई टेवा मिलोस् भनेर कम्पनीले शून्य फोहोर उत्सर्जनको सिद्धान्त अपनाएर स्टकहोमसम्म पहिलो उडान गरेको छ । हरित वर्गको अवधारणामार्फत कम्पनीले दीगोपनासम्बन्धी पहलबारे जानकारी पनि उपलब्ध गराएको थियो ।  यो उडानका लागि कम्पनीले वातावरणीय दृष्टिकोणले जागरुकता जगाउन नयाँ पहल गरेको बताइएको छ । विमानमा क्राफ्ट टिस्यु, कागजका कप, काडको नुन र मरिच राख्ने भाँडा प्रयोग गरेको थियो । यसमा पानी बचाउन सतप्रतिशत रिसाइकल प्रमाणीकरण गरिएको धागोबाट तयार पारिएका प्रकृतिमैत्री तकियाको खोल र ब्ल्याङ्केट राखिएको थियो । विमानमा सवार बालबालिकाहरुलाई एफएससी प्रमाणीकरण गरिएका काठका खेलौना पनि दिइएको थियो । कम्पनीले कार्बन उत्सर्जन कटौती गर्ने आफ्नो प्रयासलाई नयाँ पुस्ताका विमानबाट निरन्तरता दिने बताइएको छ । भविष्यमा यी विमानमा अन्य ओस्लो, कोपेनहेगन, पेरिस र लन्डन लगायत अन्य उडान गन्तव्य पनि थप्ने कम्पनीको योजना छ । एजेन्सी

क्लिन इनर्जीमा लगानी गर्न सबैभन्दा राम्रो वातावरण नेपालमा छः प्रधानमन्त्री देउवा

लन्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न अत्यन्तै राम्रो वातावरण रहेको बताएका छन्। विशेषगरी क्लिन इनर्जीको क्षेत्रमा लगानी गर्नका लागि नेपाल सबैभन्दा राम्रो गन्तव्य रहेको उनको भनाइ छ। स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप–२६) मा सहभागी हुन बेलायत आएका प्रधानमन्त्रीले लन्डनमा पत्रकारसँग नेपालको लगानीमैत्री वातावरणबारे प्रस्ट्याएका हुन्। […]

काठमाडौ १९ औं उत्कृष्ट गन्तव्य, लन्डन पहिलो

ट्रिप एडभाइजरको वार्षिक भ्रमणकर्ताहरुको छनौटको उत्कृष्ट गन्तव्यमा काठमाडौ १९ औ स्थानमा परेको छ । उत्कृष्ट २५ को सूचीमा दक्षिण एसियाबाट काठमाडौपछि भारतको जयपुर २० औं स्थानमा परेको छ । लन्डन पहिलो उत्कृष्ट गन्तव्य भएको छ । लाखौ समीक्षा र होटल, रेष्टुरा तथा आकर्षणको आधारमा ट्रिप एडभाइजरले यो सूची सार्वजनिक गरेको हो ।