टर्किश एयरलाइन्सको वातावरणमैत्री थिममा आधारित विमान आकाशमा, जैविक इन्धनको प्रयोग

काठमाडौं (अस) । टर्किश विमान सेवा प्रदायक टर्किश एयरलाइन्सले आफ्नो वातावरणमैत्री थिममा आधारित विमानमा उडान गरेको छ । कम्पनीले एयरबस ३२१ विमानको टीसी–जेएस टेल नम्बर भएको विमानमा वातावरणमैत्री जैविक इन्धन प्रयोग गरिरहेको छ । यो विमानलाई अन्य विमानबाट अलग देखाउन कम्पनीले पातको विशेष डिजाइन दिएको छ ।  वातवरणमैत्री इन्धनको व्यापक प्रयोगलाई टेवा मिलोस् भनेर कम्पनीले शून्य फोहोर उत्सर्जनको सिद्धान्त अपनाएर स्टकहोमसम्म पहिलो उडान गरेको छ । हरित वर्गको अवधारणामार्फत कम्पनीले दीगोपनासम्बन्धी पहलबारे जानकारी पनि उपलब्ध गराएको थियो ।  यो उडानका लागि कम्पनीले वातावरणीय दृष्टिकोणले जागरुकता जगाउन नयाँ पहल गरेको बताइएको छ । विमानमा क्राफ्ट टिस्यु, कागजका कप, काडको नुन र मरिच राख्ने भाँडा प्रयोग गरेको थियो । यसमा पानी बचाउन सतप्रतिशत रिसाइकल प्रमाणीकरण गरिएको धागोबाट तयार पारिएका प्रकृतिमैत्री तकियाको खोल र ब्ल्याङ्केट राखिएको थियो । विमानमा सवार बालबालिकाहरुलाई एफएससी प्रमाणीकरण गरिएका काठका खेलौना पनि दिइएको थियो । कम्पनीले कार्बन उत्सर्जन कटौती गर्ने आफ्नो प्रयासलाई नयाँ पुस्ताका विमानबाट निरन्तरता दिने बताइएको छ । भविष्यमा यी विमानमा अन्य ओस्लो, कोपेनहेगन, पेरिस र लन्डन लगायत अन्य उडान गन्तव्य पनि थप्ने कम्पनीको योजना छ । एजेन्सी