काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभएकाे हाे । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट यहि भदौ २ गते हुबहु पारित भइसकेको छ । […]