विराटनगर : संखुवासभा जिल्ला कारागार खाँदबारीमा कैदीको यातना दिएर मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन्।संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागारभित्र मारिएका थिए।स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मीहरुले विराटनगरमा आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरुलाई अस्पताल लगेको अधिकारकर्मीहरुको दाबी छ।मृतक दुई जनाले कारग