काठमाण्डाै - परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता राष्ट्रिय हितमा नभएकाले नेपालले कुनै सहमति नगर्ने बताउनु भएको छ ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा मन्त्री खड्काले एसपीपी नेपालको हितमा नरहेकाले यस विषयमाथि अब थप छलफल गर्न आवश्यक नभएको बताउनुभयो ।
उहाँले नेपाली सेनाले समेत अगाडि नबढ्ने बताइसकेकाले अब यो सम्झौताको च्याप्टर क्लाेज भइसकेको जिकिर गर्नुभयो । उहाँले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि प्रष्ट पार्नु भएको छ ...
काठमाडौं, २४ कार्तिक । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काको अभिव्यक्ति फरक फरक आउन थालेको छ । प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पारित गर्नुपर्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिँदाखेरि उता परराष्ट्रमन्त्री खड्का भने एमसीसी राष्ट्रिय सहमति गरेरमात्रै अघि बढाउनुपर्ने पक्षमा उभिएका छन् । उनले पछिल्लो समय यस्तैखाले अभिव्यक्ति […]
काठमाडौँ- परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइने बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काल एमसीसी नेपालको हितमा रहेमात्र राष्ट्रिय सहमतिबाट अघि बढाउने बताएका हुन् । उनले एमसीसी मुलुकको हितमा रहेको नपाइए स्पष्ट रुपमा अमेरिकासमक्ष आफ्नो कुरा राख्नुपर्ने तर्क गरे । मन्त्री खड्काले परराष्ट्रनीति मुलुकको ऐना […]
काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारमा आफ्नो अमेरिका भ्रमण सफल भएको बताएका छन् । अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले महासभामा कोभिड १९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा नेपालको स्पष्ट धारणा राखेको जानकारी दिए । महासभामा […]
न्यूयोर्क । परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताएका छन् । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा खड्काले भने, “सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’एमसीसीबारे कतिपय भ्रम समेत रहेको बताउँदै उनले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताए । 'हामीलाई यो चाहिन्छ भन्ने निष्कर्षमा पुगिन्छ भने पारित गरौँ , नभए नगरौँ ,' खड्काले भने ।एमसीसीलाई धेरै गिजोल्न तिर लाग्न