असंलग्न परराष्ट्र नीति विपरीत नेपाल रणनीतिक गठबन्धनमा प्रवेश गर्दैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताएका छन् । राष्ट्रिय सभाको आज (सोमबार)को बैठकमा विनियोजन विधेयक, २०७९ मा परराष्ट्र मन्त्रालयअन्तर्गत उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुने कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् । […]