फेसबूकमा एउटा ग्रुप छ– ‘एक्सन मन्त्री प्रेम आले’ । जसमा एक लाख ३७ हजार मेम्बर छन् । उक्त ग्रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका हरेक गतिविधि पोस्ट हुन्छन् । उनकै बारेमा चर्चा परिचर्चा हुन्छ ।
अहिले सोसल मिडियामा सबैभन्दा चर्चामा छन्, मन्त्री आले । नारायणहिटी दरबार परिसरमा व्यवसायी आनन्द बतासलाई क्याफ्टेरिया बनाउन यसअघिको सरकारले दिएको अनुमति उल्ट्याउने निर्णय गरेदेखि आलेको चर्चा चुलिएको हो ।
यता पशुपति धर्मशालामा होटल चलाउन दिने निर्णय रद्द गराउन आले लागिपरेपछि ‘य...