वर्षाका बीच बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन जारी छ । संसद बैठक शुरू हुने बेलामा एमसीसीविरुद्ध विरोध बढेको छ । काठमाडौं उपत्यकामा भइरहेको वर्षाको बाबजुज बानेश्वरस्थित संसद भवनअगाडि र माइतीघरमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध प्रदर्शन गरिएको हो । तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।

सम्बन्धित सामग्री

विप्लवको पार्टीले गर्‍यो एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । नेकपाले आइतबार एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड यति होटेल कार्यालय बाहिर प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

नयाँबानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई […]

आठ दलीय मोर्चाले आज पनि एमसीसीविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं, फागुन ६ । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वका नेकपा, मोहन वैध नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत ८ दलीय मोर्चाले आजपनि एमसीसीविरुद्ध संयुक्त प्रदर्शन गर्ने भएका छन्। आठ दलिय मोर्चाले बिहीबार साँझ जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिसम्म प्रदर्शन […]

१८ राजनीतिक दलद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं, २६ माघ । आज अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । संसद्मा नरहेका १८ राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ताहरूले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । बुधबार काठमाडौको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग प्रदर्शनकारीले राखेका छन् । ‘एमसीसी सम्झौता खारेज गर’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’ ‘गो […]

नेपालगञ्जमा एमसीसीविरुद्ध प्रदर्शन

नेपालगञ्ज – नेपालगञ्जमा एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ। एमसीसीविरुद्ध संघर्ष समिति (राष्ट्रवादी) नेपालगञ्जको आयोजनामा धम्बोझीचोकमा प्रदर्शन गरिएको हो। राप्रपा, शिवसेनाका नेता तथा कार्यकर्ताले एमसीसीविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले सरकारको विरुद्धमा पनि नारा लगाएका थिए। केहीबेरको नाराबाजीपछि १५ मिनेट सडक अवरुद्ध गरिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य इन्दिरा शाही, वडा नं. ४ का अध्यक्ष सफिक बेहना, […]

प्रधानमन्त्रीको गृहजिल्लामा एमसीसीविरुद्ध प्रदर्शन

सार्वभौतमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेको बोलन्या थलीले जनाएको छ ।

त्रिभुवन विमानस्थलअगाडि एमसीसीविरुद्ध प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्रियो

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि एमसीसीविरुद्ध प्रदर्शन गर्नेहरूलाई पक्राउ गरेको छ ।

पोखरामा एमसीसीविरुद्ध प्रदर्शन

पोखरामा एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहिद चोकमा संयुक्त देशभक्त मोर्चासहित विभिन्न संघसंस्थाको आह्वानमा एमसीसीको विरोधमा १ घण्टा शान्तिपूर्ण रुपमा धर्नासहितको प्रदर्शन भएको हो । संयुक्त देशभक्त मोर्चा सहित राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, सिटीजन जुरी, नागरिक समाज कास्की लगायतका संघसंस्थाको आयोजनामा भएको प्रदर्शनमा एमसिसी चाहिँदैन, पचपन्न अर्बको लोभमा राष्ट्रियता बेच्न पाईंदैन, हाम्रो शान्ति भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्नौं,म मरेपन