निर्माण कम्पनीमा सञ्चालन नाफाको तेब्बरभन्दा माथि कर्जा

काठमाडौं  । नेपालमा सञ्चालनमा रहेका निर्माण व्यवसायीको कर्जा औसतमा सञ्चालन नाफाको तेब्बरभन्दा माथि देखिएको छ ।  रेटिङ कम्पनीहरूको रिपोर्टअनुसार आर्थिक वर्ष (आव) सन् २०२२ मा १० निर्माण व्यवसायीको कुल कर्जा ४७ अर्ब ५३ करोड रुपैयाँ छ । सोही आवमा उनीहरूको सञ्चालन नाफा १३ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । यो नाफा सन् २०२१ को तुलनामा झन्डै १ प्रतिशतले बढी हो । आव सन् २०२१ मा यी कम्पनीको सञ्चालन नाफा १३ अर्ब ७७ करोड रुपैयाँ थियो । रेटिङ कम्पनीहरूले प्रकाशित गरेको रिपोर्टअनुसार सञ्चालनमा रहेका १० निर्माण कम्पनीको कर्जा आव सन् २०२२ को उनीहरूको सञ्चालन नाफाको ३ दशमलव ४२ गुणा हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह अहिले निर्माण कम्पनीहरू समयमै सरकारबाट भुक्तानी नपाउँदा समस्याबाट गुज्रिरहेको बताउँछन् । ‘समयमा भुक्तानी नहुँदा, मूल्यवृद्धि र रुस–युक्रेन तनावका कारण निर्माण व्यवासायीको व्यवसाय प्रभावित भएको छ । व्यवसायीले लिएको कर्जा पनि बढेको छ,’ उनले भने । निर्माण व्यवसायीले अहिले अत्यधिक नोक्सानी बेहोर्नुपरेको पनि उनले बताए । ‘व्यवसायीको तीन/चार वर्षदेखिको ओभरहेड खर्च छ । कर्जाको ब्याज पनि तिर्ने नसक्ने अवस्था भएकाले हामी आन्दोलित हुनुपरेको छ,’ उनले भने । महासंघका अनुसार नेपालमा हाल २४ हजार निर्माण व्यवसाय दर्ता छन् । तीमध्ये पाँच हजार हाराहारी मात्र सक्रिय छन् ।  कुन कम्पनीको अवस्था कस्तो ? हनुमान कन्सट्रक्सन प्रालि सन् १९९४ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले नेपालभर भवन, सडक, पुल र अन्य पूर्वाधार विकास परियोजना निर्माण गर्दै आएको छ । कम्पनीको अध्यक्षमा शालिकराम न्यौपाने छन् । रेटिङ कम्पनी इन्फोमेरिक्स नेपालका अनुसार हनुमानले आव २०२२ मा २ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ । कम्पनीको ४ अर्ब ६८ करोड रुपैयाँ कर्जा छ । इन्फोमेरिक्सले कम्पनीको दीर्घकालीन कर्जाका लागि डबल बी र अल्पकालीनको लागि ए फोर रेटिङ दिएको छ ।  शुभ कन्सट्रक्सन प्रालि सन् १९८९ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले नेपाल सरकारको विभिन्न निकायका साथै निजी कम्पनीको निर्माण कार्य गर्दै आएको छ । कम्पनीको अध्यक्ष सन्तोषकाजी श्रेष्ठ छन् । इन्फोमेरिक्स नेपालका अनुसार शुभ कन्सट्रक्सनले आर्थिक वर्ष सन् २०२२ मा १६ करोड ५० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । कम्पनीको कर्जा ८० करोड रुपैयाँ छ । कम्पनीको दीर्घकालीन कर्जाको लागि इन्फोमेरिक्सले बी प्लस र अल्पकालीनको लागि ए फोर रेटिङ दिएको छ ।  रसुवा कन्सट्रक्सन कम्पनी प्रालि सन् १९९७ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले पुल, भवन, सडक, जलविद्युत् आयोजना र अन्य पूर्वाधार निर्माणको परियोजनामा काम गर्दै आएको छ । कम्पनीको अध्यक्ष राजेन्द्रराज आचार्य छन् । इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा तीन अर्ब ४६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको सात अर्ब ५२ करोड रुपैयाँ कर्जा छ । इन्फोमेरिक्स नेपालले कम्पनीको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइनस र अल्पकालीन कर्जाको लागि ए थ्री रेटिङ दिएको छ ।  मोतिदान कन्सट्रक्सन सेवा प्रालि सन् २००९ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले खानी, सडक, पुल, भवन, सिँचाइ कार्य निर्माणलगायतको काम गर्दै आएको छ । कम्पनीको प्रबन्ध निर्देशकमा रामबहादुर गौतम छन् ।  रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा २ अर्ब ७० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको १३ अर्ब ५० करोड रुपैयाँ कर्जा छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र अल्पकालीनको लागि ए फोर प्लस रेटिङ दिएको छ ।  कन्काई इन्टरनेशनल बिल्डर्स प्रालि सन् १९८७ मा स्थापित यस कम्पनीको आम्दानी मुख्यतया सरकारी विभागहरूको सडक र खानेपानी आयोजनाबाट हुने गरेको छ । कम्पनीको अध्यक्षमा रामप्रसाद मैनाली छन् । केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा एक अर्ब ६८ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको ५ अर्ब ५० करोड रुपैयाँ कर्जा छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी प्लस र अल्पकालीनको लागि ए फोर प्लस रेटिङ दिएको छ ।  बानियाँ निर्माण सेवा प्रालि सन् १९९८ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले खानी निर्माणका साथै अन्य निर्माण कार्य गर्दै आएको छ । कम्पनीको अध्यक्षमा इन्द्रबहादुर बानियाँ छन् । केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा २ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको ८ अर्ब ७५ करोड रुपैयाँ कर्जा रहेको छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाका लागि डबल बी र अल्पकालीनका लागि ए फोर रेटिङ दिएको छ ।  सपना निर्माण सेवा प्रालि सन् १९८४ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले सडक, पुलका साथै सिँचाइको निर्माण कार्य गर्दै आएको छ । कम्पनीको प्रबन्ध निर्देशकमा हरिप्रसाद ढकाल छन् ।  केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा ३७ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको १ अर्ब ७८ करोड रुपैयाँ कर्जा छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाका लागि डबल बी र अल्पकालीनको लागि ए फोर रेटिङ दिएको छ ।  कवीन्द्र निर्माण सेवा कम्पनी प्रालि सन् २०१८ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले भवन र सडक निर्माणको कार्य गर्दै आएको छ । कम्पनीको अध्यक्ष कवीन्द्र महर्जन हुन् । कम्पनीमा कवीन्द्र र उनका भाइ मनीन्द्रको ८० प्रतिशत शेयर छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार यो कम्पनीले आव सन् २०२२ मा १० करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ कर्जा छ । इक्रा नेपालले यसको दीर्घकालीन कर्जाको लागि बी प्लस र अल्पकालीनका लागि ए फोर रेटिङ दिएको छ ।  खड्का निर्माण सेवा सन् २००० मा स्थापित ‘ख’ वर्गको यस कम्पनीले देशको मध्य र सुदूरपश्चिम क्षेत्रमा सार्वजनिक क्षेत्रमा सडक खण्डसँग सम्बद्ध निर्माण कार्य गर्दै आएको छ । कम्पनी टेकबहादुर खड्काको एकल स्वामित्वमा छ । इक्रा नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा ४९ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको २ अर्ब ४० करोड रुपैयाँ कर्जा छ । इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जाका लागि बी प्लस र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ ।  एचएम कन्सट्रक्शन प्रालि सन् १९७७ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले खानेपानी, भवन, पुल र सडक परियोजना निर्माण गर्दै आएको छ । कम्पनीमा ५२ प्रतिशत शेयर ललिता थापाको र बाँकी करुण श्रेष्ठको छ ।  इक्रा नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा २७ करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको १ अर्ब ४३ करोड रुपैयाँ कर्जा रहेको छ । इक्रा नेपालले एचएमको दीर्घकालीन कर्जाका लागि डबल बी माइनस र अल्पकालीनका लागि ए फोर रेटिङ दिएको छ । 

सम्बन्धित सामग्री

क–कसले पाउँछन् स्टार्टअप कर्जा, कसरी दिने आवेदन ?

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत भएको छ । उद्योगमन्त्री रमेश रिजालले कार्यविधि स्वीकृत गरेका हुन् ।

स्वीकृत भयो ‘स्टार्टअप कर्जा कार्यविधि’

काठमाडौँ : सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी गरेको छ।स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही माघ ११ गते उक्त कार्यविधि स्वीकृत गरेको हो।कम्पनी दर्ता भएको ७ वर्षभन्दा बढी समय नभएका स्टार्टअप उद्यम कर्जा पाउनका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ। कुल चुक्ता पुँजी

सहुलियतपूर्ण कर्जा कार्यक्रम बन्द !

३२ जेठ, काठमाडौं । सरकारले पाँच वर्षदेखि सञ्चालन गरिरहेको सहुलियतपूर्ण कर्जा कार्यक्रम कुनै घोषणाविना अचानक रोकेको छ । साना व्यवसायी तथा किसानहरुलाई ब्याज अनुदान दिने यो कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष लागेदेखि नै बन्द गरिएको हो । नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा सहुलियतपूर्ण कर्जा दिन बन्द गरेको बैंक सन्चालकहरुले बताएका छन् । तर, यसबारे औपचारिक रुपमा […]

के हो चालु पुँजी कर्जा, पुस महिनामा किन दिँदैनन् बैंकले यस्तो ऋण ?

बैंकले व्यवसाय सञ्चालन गर्न छोटो अवधिका लागि चालु पुँजी कर्जा प्रदान गर्नेछन् ।

चिवतनमा कृषि कर्जा मेला हुने

चितवनमा कृषि कर्जा मेला ९ देखि १२ चैतसम्म हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुशन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले पत्रकार सम्मेलन गरी ९ देखि १२ चैतसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिएको हो ।मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ । कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा […]

बैंकबाट कसरी लिन सकिन्छ सहुलियत कर्जा ?

बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जालाई नै सहुलियतपूणर् कर्जा भनिन्छ । सबै किसिमका व्यवसाय सञ्चालन गर्नका लागि यो कर्जा पाइँदैन । विशेषगरी कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट […]

चिवतनमा चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गरिने

काठमाडौँ – चितवनमा कृषि कर्जा मेला हुने भएको छ। आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जनाएको छ। मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ। कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन […]

सानो व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा कर्जा दिने व्यवस्था गर्न माग

विभिन्न जिल्लाका राजनीतिक दलका नेतहरुले सानो व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा कर्जा दिने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ ले पार्टीका जिल्ला सभापतिहरूसँग ‘गरिखाने अभियान’का सम्बन्धमा गरेको अन्तक्र्रियामा विभिन्न जिल्लाका प्रतिनिधिले स–सानो व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा कर्जा दिने व्यवस्था हुनुपर्ने माग […]

सहकारी कर्जा सूचना केन्द्र अन्योलमा

काठमाडौं, असार २५ । सहकारीका ऋणीहरूको सूचना राख्न कर्जा सूचना केन्द्र सञ्चालन गर्ने भनिए पनि सरोकारवाला निकायको समन्वयको अभावले काम सुरु भएको छैन । कर्जा सूचना केन्द्रका लागि सहकारी महासङ्घ, सहकारी विभाग र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीचको समन्वयको अभावले काम हुन नसकेको हो । राष्ट्रिय सहकारी महासङ्घले मन्त्रालयले निर्देशिका जारी नगर्दा ढिलाइ […]

सहकारी कर्जा सूचना केन्द्र अन्योलमा

सञ्चालन मोडलको विवादका कारण सहकारीको कर्जा सूचना केन्द्र अन्योलमा परेको छ । सरकार र सहकारी अभियानबीच विवाद हुँदा सहकारी ऐन २०७४ जारी भएको तीन वर्ष बितिसक्दा पनि ऐनमा व्यवस्था गरिएको सूचना केन्द्र सञ्चालनमा आउन नसकेको हो ।सहकारी ऐनमा सहकारीको कर्जा सम्बन्धी सूचना आदान प्रदान गर्नका लागि सूचना केन्द्र स्थापना गर्ने प्रावधान राखिएको छ । यसैगरी […]