विराटनगर : नेपाली काँग्रेस संसदीय दलको नेतामा तीनजनाले उम्मेदवारी दिएका छन्।नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्धव थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको उम्मेदवारी रहेको निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीले जानकारी दिए।संसदीय दलको नेतामा संस्थापन पक्षबाटै २ जना छन् भने संस्थापन इतर पक्षबाट एकजनाको उम्मेदवारी रहेको छ।