राष्ट्रिय टोलीका कप्तान रोहित फ्रेन्चाइजमा उपकप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्वावेका स्टार अलराउन्डर सिकन्दर राजालाई छाडेर विराटनगर सुपर किंग्सले वेटइन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ। नेपाल टि२० लिगको फ्रेन्चाइज टोलीले बुधबार जर्सी, कप्तान र उपकप्तान सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई उप–कप्तान बनाएको छ । विश्व क्रिकेटका एक उत्कृष्ट […]

सम्बन्धित सामग्री

टी-२० वरीयतामा रोहित र दिपेन्द्रको छलाङ, अलराउन्डर तर्फ पाँच खेलाडी

काठमाडौं- नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ले टी-२० ब्याटिङ वरीयतामा छलाङ मारेका छन्।  त्यस्तै अलराउन्डर तर्फ नेपालका पाँच खेलाडी शीर्ष सय भित्र अटाएका छन्। बलिङमा भने नेपालका कुनैपनि खेलाडी शीर्ष सयमा अटाएन्न। कप्तान रोहितले ब्याटिङ वरीयतामा ३६ स्थान सुधार गर्दै ५४  औं स्थानमा उक्लिंदा दिपेन्द्र सिंह ऐरीले ३१ स्थान सुधार […]

पीएम कप : रोहित पौडेलको कप्तानीमा एपीएफको टिम घोषणा

२८ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको लागि एपीएफ क्लबले राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको छ । त्रिभुवन आर्मी क्लबबाट आएका रोहितले कप्तानको जिम्मेवारी पाएका हुन् । रोहित नेतृत्वको एपीएफमा मो.आसिफ शेख, प्रदीप ऐरी, सुकित महर्जन,  भुवन कार्की, अमरसिंह रौटेला, लोकेश बम, प्रज्वल शाही, पुरण बिके, अविनाश बोहोरा, […]

कप्तान रोहित भन्छन् – ‘क्याच समाएको भए खेल फरक हुन्थ्यो’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आइसीसी विश्वकप छनोट अन्तर्गत वेस्टइन्डिजविरुद्ध फिल्डीङ खराब हुनु नै हारको मुख्य कारण रहेको बताएका छन् । रोहितले टस जितेर फिल्डीङ रोजेपछि टोलीले राम्रो सुरुवात पाएको बताए । तर मैदानमा क्याच समाउन नसक्दा असर गरेको उनको बुझाइ थियो । ‘मलाई लाग्छ हाम्रो बलरले राम्रो […] The post कप्तान रोहित भन्छन् – ‘क्याच समाएको भए खेल फरक हुन्थ्यो’ first appeared on Hamro Khelkud.

कप्तान रोहित बने जेननेक्स्टको ब्राण्ड एम्बासडर

१५ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी जेननेक्स्ट कन्सल्टिङ समूहले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोमबार काठमाडौंस्थित जेननेक्स्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित र जेननेक्स्टका सन्चालक मोहम्मद अस्लमले सम्झौतापत्रमा हस्ताक्षर गरे । बिहीबारदेखि लागू हुने सम्झौता १ वर्षका लागि हुनेछ । सम्झौताअनुसार रोहितले आफ्नो सामाजिक […]

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित सम्मानित

आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले मंगलबार सम्मान गरेको छ । पौडेललाई गृह जिल्लामा स्वागतसहित एक कार्यक्रम आयोजना गरी हौसलास्वरूप रु ५१ हजार र प्रमाणपत्रसहित नगरपालिकाले सम्मान गरेको हो । नगरपालिकाले उच्च प्रदर्शन गर्दै विश्वकप …

आसिफ शेख र रोहित पौडेलले विराट कोहली र रोहित शर्मालाई पछि पारे !

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र ब्याटर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवै खेलाडी सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउनेको सूचीमा दोस्रो र चौथौ स्थानमा छन् ।सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन भारतका शुभमन गिलले बनाएका छन् । उनले ६ खेलमा ५ सय ६७ रन बनाएका छन् । त्यसपछि दोस्रो नम्बरमा नेपालका आसिफ शेख, तेस्रोमा इङ्ल्यान्डका जस बटलर र चौथोमा नेपालकै कप्तान रोहित पौडेल रहेका छन् । भारतका विराट कोहली पाँचौँ र रोहित ...

बलियो टोलीसँग क्रिकेट खेल्ने मौका पाएका छौं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन् । भ्रमणकारी टोली युएईविरुद्ध आइतबार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन […]

‘हामीले राम्रो क्रिकेट नखेल्दा समर्थक निराश हुनुहुन्छ ‘– रोहित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूहरुले राम्रो क्रिकेट नखेल्दा सबैजना समर्थक निराश भएको बताएका छन् । काठमाडौंमा जारी नेपाल टि२० लिगमा अपेक्षा अनुसार समर्थक नआएपछि सोधिएको प्रश्नमा रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । विराटनगर सुपर किंग्सका उपकप्तान रोहितले पोखरा एभेन्जसलाई ८ विकेटले हराउँदा रोहित ५७ बलमा ६ चौका र ३ […]

भारतका कप्तान रोहित घाइते!

एजेन्सी – आइसिसी टि२० विश्वकपको सेमिफाइनल खेल्ने तयारीमा रहेको भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित शर्मा प्रशिक्षणका क्रममा घाइते भएका छन् । विहीबार इंग्ल्यान्डविरुद्ध हुने सेमिफाइनलका लागि भारतीय टोली प्रशिक्षणमा थियो । मंगलबार विहान नेट्समा ब्याटिङ गर्ने क्रममा रोहितको हातमा चोट लागेको हो । थ्रोडाउन खेल्ने क्रममा बल उनको पाखुरामा लागेको इएसपीएनक्रिकइन्फोले जनाएको छ । […]