लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । फाइनल खेलमा मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हराउदै एक्स–गोर्खा कास्कीले उपाधि जितेको हो । उपाधिसहित एक्स गोर्खाले ३० हजार पुरस्कार जितेको छ । प्रतियोगितामा उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स–गोर्खाकी झरना राई, सर्वाधिक गोलकर्ता मिनाङ लाङ्घालीकी सम्झना शर्मा र उत्कृष्ट ख