प्रथम महिला उपमेयर कपको उपाधि आठराई त्रिवेणीलाई

फुङ्लिङ नगरपालिकाद्वारा आयोजित प्रथम उपमेयर कप महिला फुटबलको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले जितेको छ । आयोजक फुङ्लिङ नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि हात पारेको हो ।