सिन्धुपाल्चोक : शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४, फुल्पीङ्कट्टीमा निर्माण गरिरहको अपर चाकु हाइड्रोपावरको उत्पादन मिति तय गरेको छ। हाइड्रोपावरले आउने शुक्रबारबाट ८ दशमलव २० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्ने भएको हो। आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी गत शुक्रबार नै परीक्षण प्रसारणको शुरुवात गरेको थियो। भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले त्यसको औपचारिक शुरुवात गरेका थिए। अहिले हिउँदको समयमा आयोजनाबाट ८ दशमलव २० मेगावाट बिजु