नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिले चुनावी तालमेल गर्ने सहमति भएपछि जनता उत्साहित भएको बताउनुभएको छ।
समाजवादी प्रेस सङ्गठन नेपालले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यो सहमतिले सकारात्मक सन्देश दिएको बताउनुभएको हो। उहाँले प्रतिगामीबाहेक सबैका लागि आफ्नो पार्टी खुला रहेको उल्लेख गर्नुभयो।