पारिश्रमिक माग्दै शिक्षकको धर्ना, टायर बालेर विद्यार्थीको आन्दोलन

पर्सा : विद्यालय तथा क्याम्पस भन्‍ने साथ विद्या आर्जन गर्ने ठाउँ सरस्वतीको मन्दिर भन्‍ने गरिन्छ। तर, वीरगन्जमा रहेको मुलुककै जेठो क्याम्पस मध्येको ठाकुरराम बहुमुखी क्याम्पसमा यतिवेला यो भनाइ मित्थ्या जस्तै भएको छ। क्याम्पसभित्रै टायर बालेर आन्दोलन भइरहेको छ। त्यहि भवनमा क्याम्पसका ३९ जना आंशिक शिक्षक धर्नामा बसेका छन्। उनीहरू...

सम्बन्धित सामग्री

किन विस्तार हुन सकेको छैन विज्ञापन क्षेत्र ?

क्लिन फिड लागू भएपश्चात् नेपालको विज्ञापन क्षेत्रमा आमूल परिवर्तन आउँछ भन्ने अपेक्षा गरिएको थियो । हुन पनि उक्त समयमा क्लिन फिड लागू नभएकै कारणले नेपालको विज्ञापन क्षेत्र धराशयी बन्दै गएको र सुधार हुन नसकेको भनेर प्रचार गरिएको थियो । कोभिड अगाडि १५–२० प्रतिशतको दरमा वृद्धि हुँदै गएको नेपाली विज्ञापन बजार त्यसपश्चात् पुन: उक्त गति लिन नसकेको तथ्यांकले देखाउँछ । प्रिन्ट क्षेत्र, रेडियो, टेलिभिजनलगायत क्षेत्रमा विज्ञापन बजार साँघुरो हुँदै गएको अवस्थामा इन्टरनेटबाट हुने विज्ञापन प्रभावकारी हुँदै गएको छ । ठूलै मात्रामा लगानी गरेर काठमाडौंको सडक खण्डमा सोलार बत्तीको जडान गरिएको थियो, तल विज्ञापन राख्ने उद्देश्यका साथ । तर, त्यहाँ समेत उल्लेखीय सहभागिता नदेख्दा, नेपालमा विज्ञापन क्षेत्र फस्टाउन नसकेको स्पष्ट बुझ्न सकिन्छ । हुन त नेपालमा अहिले आर्थिक मन्दी चलिरहेको छ, जसले गर्दा समग्र अर्थतन्त्र नै समस्यामा छ । उद्योग, कलकारखाना बन्द भएको यस समयमा मुख्य विज्ञापनदाताहरू – स्टील, सिमेन्ट, गाडी, मदिरा, वित्तीय संस्थाहरूले विज्ञापनका लागि बजेट घटाएको देखिन्छ । यसले गर्दा स्वाभाविक रूपमा विज्ञापन क्षेत्र संकटमा गएको बुझ्न सकिन्छ । तर, हिजो क्लिन फिड नभएर नेपाली विज्ञापन बजार विस्तार नभएको भनिएझैँ, आज अर्थतन्त्रको अवस्थालाई दोष दिइएको मात्र हो । नेपालमा विज्ञापन क्षेत्र विस्तार नहुनुको पछाडि विभिन्न कारक तत्त्वहरू रहिआएका छन् । सर्वप्रथम त, नेपाली वस्तु र सेवाको गुणस्तरमै प्रश्न उठ्ने गर्छ । जब नेपाली बजारमा विक्री हुने नेपाली वस्तुको माग बढी हुन्छ, तब बल्ल त्यसको विक्री बढी हुन्छ । नेपाली उत्पादन गुणस्तर नहुँदा नेपाली वस्तु र सेवाको जतिसुकै विज्ञापन गरे पनि, आयातित वस्तु र सेवाले बढी बजार प्राप्त गर्छ, जसले गर्दा विज्ञापन गरे पनि नगरे पनि कुनै औचित्य रहँदैन । नेपालमा विज्ञापन र विक्रीबीचको अध्ययन कतै भएको पाइँदैन । त्यसैले विज्ञापनलाई मिडियासँग सम्बन्ध सुमधुर पार्ने एउटा माध्यम र बाध्यताका रूपमा लिने गरिएको छ । फलस्वरूप, विज्ञापन क्षेत्रप्रति आकर्षणभन्दा पनि बोझसरह लिने गरिएको भेटिन्छ । एकपटक हेरिएको वा सुनिएको विज्ञापन पुन: हेर्न वा सुन्न मन नलाग्नाले श्रोता वा दर्शकमा उक्त विज्ञापनप्रति रुचि हुँदैन । रुचिको अभाव हुनुमा विज्ञापन गुणस्तरीय नहुनु एउटा कारण हो । दशकौं पुरानो विज्ञापन अहिले सम्झनु पर्दा केही सीमित विज्ञापन पनि आम मस्तिस्कमा छैन । हिजो जुन वेगमा ‘गोरखकाली टायर’, ‘उपहार चिया’, ‘रारा चाउचाउ’, ‘खुकुरी चुरोट’हरूको विज्ञापन दिमागमा बसेको थियो, आज त्यो छैन । हिजोभन्दा आज विज्ञापन गर्ने तरीका परिवर्तन भइसकेको छ । गुणस्तरहीन विज्ञापन निर्माण हुँदा विज्ञापनले उत्पादकत्व सिर्जना गर्न सकेको छैन । नेपालका विज्ञापन एजेन्सीहरू केही सीमित ठूला व्यक्तिहरूको हातमा रहिआएको छ । विज्ञापन नै अध्ययन गरेको भन्दा पनि व्यवसाय सम्हालेको झैं देखिने यो क्षेत्रमा नवीन सोचभन्दा पनि सीमित विज्ञापन खोसाखोस गर्ने होडबाजीमै रमाइरहेको देख्न सकिन्छ । उनीहरूलाई आफ्नो ग्राहक टिकाउन मात्र छ, विज्ञापन क्षेत्र सुधार गर्ने र नवीनतम प्रणाली विकास गर्ने सोच कतै पनि छैन । उद्योगहरूले नाफा आर्जन गरिरहेका छन्, त्यही नाफाबाट आफ्नो भाग खोस्नुपर्छ भन्ने सोच हाबी हुन थालेको देख्न सकिन्छ । यसले गर्दा नेपाली विज्ञापन क्षेत्रले ठूलो उपलब्धि हात पार्न सकेको छैन । पुरातन सोच हाबी भएकै कारण आज उत्पादन हुने विज्ञापन दशकौं पुरानोभन्दा केही फरक देखिँदैन । कुनै पनि क्षेत्र विस्तार हुनका लागि त्यहाँ अतिआवश्यक पक्ष भनेको दक्ष जनशक्ति हो । विज्ञापन क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ कुनै पनि युवाको उद्देश्य पारिभाषित हुँदैन । बेरोजगारीको चरम सीमामा कतै जागीर नपाएर प्रयास गरूँ न त भनेर प्रवेश गर्नेको थलो मात्र हुन सकेको छ । विज्ञापन क्षेत्र त्यस्तो व्यवस्थित पनि छैन, जसले गर्दा व्यवस्थापन संकायको विद्यार्थीको रहर त्यहाँ काम गर्ने हुँदैन । यसका लागि दुई प्रमुख कारण छन् – वृत्ति विकासको कम स्थान । जुन तहमा प्रवेश गरियो, त्यही तहबाट जागीरबाट बिदा हुनुपर्ने अवस्था छ । जसरी बैंक प्रवेश गर्ने युवाले उक्त बैंकको नायब प्रमुख कार्यकारीसम्मको सपना देख्न सक्छ, विज्ञापन क्षेत्रमा उक्त अवसर छैन, जसले आकर्षण गर्दैन । त्यसै गरी, दोस्रो कारण भनेको त्यहाँको व्यवस्थापनको समस्या हो । एउटा स्नातकोत्तर उत्तीर्ण गरेको युवा, एसएलसी पासको मातहतमा बसेर काम गर्नुपर्ने अवस्था छ, अझ न्यून तलबमा । अनि कसरी होस् उक्त क्षेत्रमा दक्ष जनशक्ति ? माथिल्ला वर्गको उच्च पारिश्रमिक र नाफा, नवप्रवेशीलाई न्यून ज्याला भएपश्चात् यस क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, रुचि राख्ने वर्ग भए तापनि यसै क्षेत्रलाई आफ्नो कार्यथलो बनाउँछु भनी संकल्प राख्नेहरूको अभाव रहिआएको छ ।  छिमेकी मुलुक भारतमा विज्ञापन क्षेत्रमा वार्षिक ३० खर्बभन्दा बढीको कारोबार हुने गरेको छ । यस क्षेत्रमा प्रवेश मात्र गर्न पनि उच्च प्रतिस्पर्धा रहिआएको अवस्थामा नेपालमा यो क्षेत्र विस्तार हुन नसकेकै हो । अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको यस क्षेत्रमा धेरै परिवार आश्रित समेत रहन जान्छन, तर यसको विकास नहुँदा यहाँ कुनै सम्भावना नदेख्नु शायद स्वाभाविक पनि हो । मात्र एउटा अर्थहीन वेबसाइट राखेर, अवार्ड कार्यक्रम गर्न मात्र उभिएको एडभरटाइजिङ एशोसिएशन अफ नेपाल (आन)ले आफ्नो कार्यक्षेत्र विस्तार गर्न सक्नुपर्छ र सशक्त उभिन सक्नुपर्छ । दक्ष जनशक्तिको खोज गरी यो क्षेत्रलाई गति प्रदान गर्न सक्नुपर्छ । अनि मात्र यस क्षेत्रले एउटा बलियो स्थान प्राप्त गर्नेछ । रेग्मी बैंकर हुन् ।

प्रदेश १ मा २३ प्रतिशत भाडा वृद्धि

विराटनगर    । प्रदेश– १ मा सञ्चालन भइरहेका सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुवाहक एवं मालवाहक सवारीसाधनको भाडा २३ प्रतिशतसम्म बढाइएको सूचना सार्वजनिक गरेको हो । वृद्धि गरिएको भाडादर भदौ १ देखि प्रदेशभरि सञ्चालन हुने सवारीसाधनमा लागू भएको मन्त्रालयका सूचना अधिकारी इन्जिनीयर ओमप्रकाश साहले जानकारी दिए । उनका अनुसार पहाडी रूटमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा १६.५, यात्रुवाहक सवारीमा २२ र तराईमा सञ्चालन हुने मालवाहक सवारीमा २३ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ । श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी, मुनाफालगायत सूचकहरूमा देखिएको मूल्यवृद्धिका आधारमा भाडा बढाइएको उनले बताए । प्रदेशको भाडा निर्धारण परामर्श समितिको गत साउन १७ गते बसेको बैठकले भाडा वृद्धिका लागि सरकारलाई सिफारिश गरेको थियो । संघीय सरकारले लामो दूरीमा अन्तर प्रदेश सञ्चालन हुने सवारी साधनको भाडामा २८ प्रतिशतसम्म वृद्धि गरेको थियो । संघीय सरकारले बढाएको उक्त भाडादर असार २९ गतेबाटै लागू भइसकेको छ ।

लामो दूरीको यातायात भाडा २८% बढ्यो

काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा राष्ट्रियस्तरका सार्वजनिक यातायातको रूटमा चल्ने सवारीको भाडा बढाइएको जानकारी विभागले दिएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले यात्रुवाहक सार्वजनिक यातायातसहित मालवाहक सवारीको भाडा वृद्धि गर्ने निर्णय गरिएको बताए । उनका अनुसार यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतसम्म र तराईंका बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २६ एवं पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय विभागले गरेको छ । ‘सार्वजनिक यातायातको खर्चसम्बन्धी लगानी तथा खर्च, बजार विश्लेषण, सरोकारवाला निकायको परामर्शका आधारमा यातायात श्रमिकको पारिश्रमिक, टायर, लुब्रिकेन्ट्स, पार्टस्, इन्धन आदि सूचकको मूल्य हेरेर भाडा समायोजन गरेका हौं,’ उनले भने । उनका अनुसार इन्धनको मूल्य र सवारीसाधनमा काम गर्ने कर्मचारीको तलब, बीमा, सवारी मर्मत खर्च, टायर, लुब्रिकेन्ट्स, पार्टस्लगायत सूचकको मूल्य हेरेर सवारीको भाडा समायोजन गरिएको हो । यातायात व्यवसायीहरूले लामो समयदेखि सार्वजनिक यातायातको भाडा वृद्धिको माग राख्दै सरोकारवाला निकायलाई दबाब दिइरहेका थिए । सोहीअनुसार विभागका निर्देशक रामचन्द्र पौडेलको संयोजकत्वमा गत वैशाख ७ गते भाडा समायोजनसम्बन्धी अध्ययन समिति बनेको थियो । समितिले भाडा वृद्धि गर्नुपर्ने निष्कर्ष निकाल्दै वैशाख २१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पठाएको थियो । प्रतिवेदनमाथि कुनै निर्णय नगरेको मन्त्रालयले सरकार ढल्ने पक्का भएपछि असार २९ गते भाडा समायोजनको निर्णयलाई स्वीकृत गरेको थियो । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने सवारीमा नयाँ भाडादर लागू हुने भए पनि छोटा दूरीका सवारीमा भने यो निर्णय लागू हुनेछैन । ‘अहिलेलाई अन्तरप्रदेशमा चल्ने सवारीको भाडा समायोजन गरेका हौं, छोटो दूरीमा चल्ने यातायातको भाडा समायोजन गर्ने निर्णय स्थानीय तहले गर्न सक्छन्,’ भाडा समायोजन अध्ययन समितिका संयोजक तथा विभागका निर्देशक पौडेलले बताए । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भाडा समायोजनको निर्णय स्वागतयोग्य भए पनि आप्mनो मागअनुसार भाडा समायोजन नभएको बताएको छ । ‘९ वर्षदेखि भाडा समायोजन नभएकोमा भाडा समायोजन हुनु राम्रो निर्णय हो,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘तर, यो वैज्ञानिक भाडादर नभएकाले आगामी दिनमा अध्ययन गरेर समायोजन हुनेछ भन्ने अपेक्षा गरेका छौं ।’ उनले बिहीवारदेखि नयाँ भाडादर लागू गर्न बुधवार साँझ व्यवसायीलाई परिपत्र गरिएको जानकारी दिए । यातायात व्यवसायीहरूले २०६९ यता भाडा समायोजन नभएको बताउँदै आए पनि पछिल्लोपटक २०७५ असोजमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढेको थियो ।