प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ को मृत्यु

रियो दी जेनेरो । ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान गएको छ । मृत्यु हुने अन्यहरुमा आपराधिक समूहका सदस्यहरु रहेको प्रहरीको भनाई छ । उक्त […]

सम्बन्धित सामग्री

प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु

बारा : प्रहरीको गोली लागेर बारामा एकजनाको मृत्यु भएको छ। तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको प्रहरीले बताएको छ।बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचनाको आधारमा त्यसतर्फ गएको प्रहरी टोली र तस्करबीच सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले बताए।गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, एकको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एक जना प्रहरी घाइते भएका छन् । बेलौरी नगरपालिका–७ पौलाहास्थित नेपाल–भारत सीमा नजिकै भएको दोहोरो भिडन्तमा एक जनाको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ । मृतकको परिचय खुलेको छैन । मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार गस्तीमा रहेको प्रहरीमाथि भारतीय तस्करले गोली प्रहार गरेका थिए । त्यस पछि प्रतिरक्षा गर्न नेपाली पक्षले पनि जवाफी गोली प्रहार गर्दा भारतीय तस्करको मृत्यु भएको हो । चार जनाको समूहमा आएका भारतीय तस्करले गस्तीमा रहेको प्रहरी टोलीमाथी गोली प्रहार गरेको थियो ।

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एकको मृत्यु

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ। दोहोरो फायरिङ हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै दोहोरो भिडन्त भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। गस्तीमा गएका  प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गर्दा सो घटना हुन पुगेको थियो ।

रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान, एकको मृत्यु

काठमाडौं । रुपन्देहीमा गएराति प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । राति १२ बजे गस्तिमा