प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ जना मृत्यु : RajdhaniDaily.com - गोली हानाहान, प्रहरी र तस्करबीच

RajdhaniDaily.com | रियो दी जेनेरो । ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार - गोली हानाहान, प्रहरी र तस्करबीच

सम्बन्धित सामग्री

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजी)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै दुई सय १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा छ बालबालिका र...

लस एन्जलसमा दुई समूहबीच गोली हानाहान, २ जनाको मृत्यु

अमेरिका- लस एन्जलसको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्यान पेड्रोको पेक पार्कमा चलिरहेको कार शोको क्रममा स्थानीय समयअनुसार आइतबार साँझ ४ बजे गोलीबारी भएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ । पेक पार्कमा दुई पक्षबीचको विवादका कारण गोली हानाहान सुरु भएको […]

बारामा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान

गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

लेवनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान, ६ जनाको मृत्यु

एजेन्सी- लेबनानमा न्यायाधीशविरूद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । राजधानी बेइरुतमा गोली हानाहानमा हुँदा अरु ३२ जना घाइते भएका छन् । हिंसा शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनका क्रममा भएको हो । क्रिश्चियन मिलिसिया र शिया सदस्यहरूबीच सडकमा गोली हानाहान भएको बीबीसीले जनाएको छ । उनीहरूले लेबनिज […]

पाकिस्तानमा दुई समूहबीच गोली हानाहान, ९ जनाको मृत्यु, २० जना घाइते

एजेन्सी । पाकिस्तानको एक अदालत परिसरमा दुई समूहबीचको गोली हानाहान हुादा ९ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तर पश्चिम स्थित दीर जिल्लामा रहेको एक जनजाती अदालतमा भएको घटनामा २० जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जग्गाको बिषयमा भएको बिबाद समाधानका लागि अदालत […]

काबुल विमानस्थल क्षेत्रमा गोली हानाहान, कम्तीमा एकजनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिक गोली हानाहान भएको छ । भिडन्तमा एक अफगान सुरक्षाकर्मीको ज्यान गएको छ । अरु तीनजना घाइते भएका छन् । पहिचान नखुलिएका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबिच सोमबार गोली हानाहान भएको जर्मन आर्मीका अधिकारीले बताएका छन् । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सामेल भएका […]

असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान

एजेन्सी। भारतको असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान हुँदा पाँच जना प्रहरीको मृत्यु भएको छ। उत्तर पूर्व भारतको मिजोरम र असाम राज्यको सीमा क्षेत्रमा उक्त घटना भएको हो। बिबिसीका अनुसार मृत्यु भएका पाँचै जना प्रहरी असाम राज्यका हुन । दुवै राज्यमा महिनौँ देखिको सीमा विवादपछि उक्त घटना घटेको हो ।

ब्राजिलमा तस्कर र प्रहरीबीच गोली हानाहान २५ जनाको मृत्यु

काठमाडौं : ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा एक सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ। राजधानी रियो दि जेनेरियोमा भएको गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।गोली हानहानमा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन्।लागुऔषध तस्करहरुले आफ्नो गिरोहमा बालबालिकाको प्रयोग गरिरहेको गुप्तचर निकायको सूचनापछि प्रहरीले त्यहाँ कारबाही गरेको थियो। त्यसपछि गोली हानाहान भएको थियो।

कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, एकको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एक जना प्रहरी घाइते भएका छन् । बेलौरी नगरपालिका–७ पौलाहास्थित नेपाल–भारत सीमा नजिकै भएको दोहोरो भिडन्तमा एक जनाको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ । मृतकको परिचय खुलेको छैन । मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार गस्तीमा रहेको प्रहरीमाथि भारतीय तस्करले गोली प्रहार गरेका थिए । त्यस पछि प्रतिरक्षा गर्न नेपाली पक्षले पनि जवाफी गोली प्रहार गर्दा भारतीय तस्करको मृत्यु भएको हो । चार जनाको समूहमा आएका भारतीय तस्करले गस्तीमा रहेको प्रहरी टोलीमाथी गोली प्रहार गरेको थियो ।

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एकको मृत्यु

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ। दोहोरो फायरिङ हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै दोहोरो भिडन्त भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। गस्तीमा गएका  प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गर्दा सो घटना हुन पुगेको थियो ।