रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकाका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ। ५४ वर्षीय वडाध्यक्ष गुरुङको सोमबार (आज) बिहान मैकोटस्थित घरमा निधन भएको हो। ३ वर्षदेखि कलेजोसम्बन्धी रोगले ग्रस्त उनी दुई वर्षदेखि उपचारका क्रममा काठमाडौंमा थिए।उपचार सम्भव नहुने भएपछि आइतबार मात्रै गुरुङलाई घर पुर्याइएको थियो। घर पुर्याएपछि उनको निधन भएको कार्यवाहक वडाध्यक्ष मग कामीले जानकारी दिए। मृतक गुरुङका श्रीमती, २ छोरा र १ छोरी छन्।उनी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड सहकमाण्डरसम्