काठमाण्डाै - अहिले सुदूरपश्चिम प्रदेशको तराईका भू-भागमा कुहिरो लागेको छ ।
कैलाली, कञ्चनपुरलगायतका जिल्लामा कुहिरो लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार दिउँसो यी ठाउँहरुमा कुहिरो हट्नेछ तर पारिलो घाम लाग्ने सम्भावना भने छैन । दिउँसो काठमाण्डौसहित पहाडी भेगहरुमा सामान्य बादल लाग्ने सम्भावना छ ।...