उपत्यकालगायत तराईमा हुस्सु/कुहिरो, देशभर आंशिक बदली हुने

काठमाडौ । देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु/कुहिरो लागेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाकाअनुसार बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान पौष १९ गते (सोमबार) दिउँसो : देशभर आंशिक बदली रहनेछ। राती : देशभर आंशिक बदली रहने छ।  […]