भक्तपुरमा नारायण दिप यात्रा: टाउको, काँध र हातमा दियो बाल्दै नगर परिक्रमा :: Pahilopost.com

भक्तपुरमा नारायण दिप यात्रा (मतया:) सम्पन्न भएको छ। बिहिवार दत्तात्रयमा अवस्थित नारायण मन्दिरबाट बालक देखि युवाहरुले हात, टाउको र काँधमा दिप राखेर नगर परिक्रममा गर्दै मतया:मा सहभागि भएका थिए।  घिनताङ घिसीका साथ भक्तपुरमा रहेका नारायणका मन्दिरहरु घुम्दै शरीरमा दिप प्रज्वलन गर्दै जात्रा मनाइएको थियो।  यसरी जात्रा मनाइँदा मानिसमा  रहको

सम्बन्धित सामग्री

हात, काँध र टाउकोमा बत्ती राखेर खाली खुट्टा आरती

३ भदौ, भक्तपुर । भाद्र कृष्ण जन्माष्टमिको दिन शुक्रबार भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात, काँध र टाउकोमा बत्ती राखेर खाली खुट्टा नै नगर परिक्रमा गरेका छन् । उनीहरुले हात र टाउकोमा गोवर र सोलीमा बत्ती बाली दत्तात्रय हुँदै सुकुल ढोका, कुमाले टोल, भक्तपुर दरवार स्क्वायर हुँदै पुन: दत्तात्रयमै खाली खुट्टा नगर परिक्रमा गरेका […]

टाउको, काँध र हातमा दियो राखेर नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं । भक्तपुरमा नारायण दीप यात्रा मनाइएको छ । स्थानीयले कृष्ण जन्माष्टमीको अवसरमा नारायण दीप यात्रा पर्व मनाएका हुन् । स्थानीय बालक तथा युवाहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर न्यातपोल, भक्तपुर दरबार स्क्वायर हुँदै नगर परिक्रमा गरेका थिए । यात्रा भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको थियो ।  यो पर्व यात्रा गाईजात्राको चौथो दिन पर्छ । तस्बिरहरू : सुनिल प्रधान र अभिषेक महर्जन/बाह्रखरी