काठमाडौंको सानो भर्याङस्थित कस्मेटिक कारखानामा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतीय नागरिक राजन जैसवालले सञ्चालन गरेको कारखानामा छापा मारेको हो । थानकोट बस्ने जैसवालले नाम चलेका ब्राण्डका स्टिकर टाँसेर कमसल कस्मेटिक उत्पादन गरेर बेच्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको टोली पनि सो कारखानामा पुगेको छ । चार तलाको घरमा रहेको कारखाना वाणिज्य विभागले सिल