काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ नयाँ बस्ती सर्वेश्वर मार्गस्थित मिसेल कस्मेटिक्स प्रालिमा प्रहरीले छापा मारेको छ । दिपिका अग्रवालको नाममा दर्ता उक्त कस्मेटिक्स प्रालिमा नक्कली कस्मेटिक्स सामानहरू उत्पादन गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले छापा मारेर नक्कली कम्मेटिक सामान बरामद गरेको छ ।