नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना

काठमाडौं, १० जेठ । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त गरेको छ । नेपाल बङलादेश बैंक र नविल बैंकले एक आपसमा मर्ज सम्बन्धी समझौता गरेसँगै नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा आगामी असार १७ गतेदेखि लागू हुने गरी ढुङ्गानालाई नियुक्त भएका हुन् । ढुंगाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ थिए ।  

सम्बन्धित सामग्री

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुगांना

नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुगांनालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको छ । बिहीबार बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुगांनालाई आगामी असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई २०८१ साल असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह […]

नबिल सेक्युरिटिजको सीईओमा सुरेश देवकोटा नियुक्त, को हुन् उनी ?

नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् ।

नबिल बैंकको सीईओको रुपमा ढुङ्गानाले सम्हाले कार्यभार

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आज शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको असार १६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गानालाई नियुक्त गरेको थियो । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए। भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सिपिए) तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच र सन् २०१५ मा म्यानेजर अफ दि ईयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए।  उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा बैंकले लिएको छ ।

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा : पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । उनी यस अघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुने बैंकले जनाएको छ । विगत तीन दशक भन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्म

बैंक अफ काठमाण्डूको सीईओमा मास्के नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन् । बुधबारको संचालक समिति बैठकले मास्केलाई नियुक्त गरेको हो । मास्के ३ महिनादेखि कामु सीईओको जिम्मेवारीमा थिए । सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग करिअर सुरू गरेका मास्केसँग तीन दशकभन्दा बढीको अनुभव छ ।