नेकपा एमालेकी नेतृ उषाकला राईले आगामी निर्वाचनमा खोटाङ जिल्लामा आफूले टिकटको दाबी गरेकी छिन् । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीले टिकट दिए आफ्नो माइती जिल्ला खोटाङमा समेत एमालेको जित सुनिश्चित गर्न आफू सक्षम रहेको उनको भनाइ छ । हाल प्रदेश १ को समानुपातिकतर्फ प्रदेशसभा सदस्यसमेत रहेकी राईले रातोपाटीसँगको विशेष कुराकानीमा आफू महिला भएकाले पनि टिकट पाउनै पर्ने दाबी गरिन् । अब किन सांसद ? किन मन्त्री बन्ने ? भन्ने प्रश्नका लागि आफूसँग पुरै योजना र काम गर्नका लागि त्यसको खाका