नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटको साधारण सभा पुस ५ मा, २९५ % बोनस र १५.५३ % नगद लाभांश प्रस्ताव

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेडले पुस ५ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । होटेल याक एण्ड यति, काठमाडौंमा अपराह्न ४ बजे कम्पनीले सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणलाई समेत टुङ्ग्याउनेछ । कम्पनीको अधिकृत पूँजी ४० करोड र जारी पूँजी ३० करोड कायम गर्ने प्रस्ताव सभाका लागि तय भएको छ । कम्पनीले चुक्ता पूँजी १९ करोड ७५ लाख कायम गर्ने गरी २९५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव समेत गरेको छ । हाल कायम चुक्ता पूँजीको आधारमा कर प्रयोजनका लागि १५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । कम्पनीको सञ्चालक समितिको बैठकले नियुक्त गरेको स्वतन्त्र सञ्चालक र सञ्चालकलाई अनुमोदन पनि सभाले गर्नेछ । कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल बैंकर्स एशोसियशनको तर्फबाट अनिल शर्मा स्वतन्त्र सञ्चालक र नेपाल एसबिआई बैंकको तर्फबाट राजेश कुमार पण्डालाई सञ्चालकमा नियुक्त गरेको थियो । यस कम्पनीमा बैंक तथा वित्तीय संस्थाहरूको स्वामित्व बढाउन हाल कायम शेयरधनीहरूका अतिरिक्त अन्य सम्पूर्ण क, ख, ग, घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी पूँजीको हदसम्म प्रतिशेयर १०० रुपैयाँमा शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

सम्बन्धित सामग्री

हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्टले वितरण गर्‍यो नगद लाभांश

काठमाडौं । हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट करसमेत ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँको आधारमा १ अर्ब १९ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । फागुन २७ गतेदेखि सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाएका छन् । यस वर्ष पनि कम्पनीले कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो । हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीको हकमा बैंक खाता अद्यावधिकपश्चात मात्र जम्मा हुने जानकारी कम्पनीले दिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने

काठमाडाैँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिने निर्णय पारित गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा नगद लाभांश प्रस्ताव

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश दिने भएको छ ।सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण गर्नेछ । यसपटक बैंकले बोनस […]

सूर्या लाइफले बोनस शेयर र नगद लाभांश दिने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ ।विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी वृद्धि भइ दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १०० रुपैयाँ का

बोनस सेयर कि नगद लाभांश

पछिल्लो समय बैंकहरूले धमाधम सेयर बोनस वितरण गरिरहेका छन् । लाभांशको ३० प्रतिशतमात्र नगद लाभांश वितरण गर्न पाइने प्रावधानअनुसार बैंकहरूले अधिकतम बोनस सेयर वितरण गरिरहेका हुन् । यसरी बोनस सेयर वितरण गर्दा बैंकहरूको चुक्ता पुँजी बढे पनि बजारमा नगद प्रवाह हुन सकेको छैन । लाभांशको रूपमा आएको रकम लगानीकर्ताहरूसँग नपुग्दा एक त मानिसहरूको हातमा क्रयशक्ति […]

कुमारी बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने

बैंकको २१ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनश शेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

कुमारी बैंकका सेयरधनीले बोनस सेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने

कुमारी बैंक लिमिटेडका सेयरधनीले बोनस शेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने भएका छन् । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो परिमाणमा लाभांश दिने प्रस्ताव पारित गरेको हो । साधारण सभाले सेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६% बोनस शेयर तथा बोनश सेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत २.६७% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस शेयर जारीपश्चात् बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ । बैंकको २१ औं वार्षिक साधा

शिवमले घोषणा गर्यो २९ प्रतिशत नगद लाभांश, यो वर्ष बोनस नदिने

शिवम् सिमेन्टले आफ्ना लगानीकर्ताहरुलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको प्रतिफलबाट उक्त नगद लाभांश प्रस्ताव गरेको हो । बोनस सेयर पारित गर्नका लागि कम्पनीले कात्तिक १६ गते साधारणसभा डाकेको छ । यसपटक लगानीकर्तालाई शिवमले बोनस सेयर नदिने भएको छ ।कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कुल चुक्ता पुँजीबाट लगानीकर्तालाई लाभांशमार्फत २७ करोड ६० लाख रुपैयाँ नगद वितरण गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकहरूलाई नगद लाभांश वितरणमा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले बिहीबार साधारणसभा र लाभांश वितरणसम्बन्धी कार्यविधि संशोधन गर्दै चालु आर्थिक वर्षमा पनि बैंकहरुलाई बोनस सेयर वितरणमा प्रोत्साहन गरेको हो ।कार्यविधिमा ११ प्रतिशत भन्दा बढी पुँजीकोष कामय गर्ने संस्थाहरुले मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ । […]