गुल्मी – गुल्मीमा मानिस र पशुलाई टोकेको छाडा भुस्याहा कुकुरमा रेबिज पुष्टि भएको छ । डिभिजन वन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालयको सहयोगमा समाइएको कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले बताउनुभयो ।
यो कुकुरले जिल्ला सदरमुकाम तम्घास र अर्खलेमा शनिवार एकै दिन सात जना व्यक्ति र तीन वटा पशुलाई टोकेको थियो । कुकुरले टोकेको व्यक्ति र पशुलाई पनि अनिवार्य रेबिजविरुद्धको खोप लगाउन भेटेरेनरी अस्पताल र रेसुङ्गा नगरपालिकामार्फत सबैलाई ...