नेपालको पुरानो तथा आर्थिक हिसाबले पनि महत्त्वपूर्ण सहर मानिने वीरगञ्ज मधेस प्रदेशमा पर्ने एक मात्र महानगर भएका कारण पनि चर्चामा छ ।
वीरगञ्जको जितले मधेसमा तथा राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने कारणले दलहरु जित निकाल्ने कसरतमा लागेका छन् । वीरगञ्जमा जसरी सत्तासीन दलबीच गठबन्धन बनेको छ, त्यसैगरी एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पनि तालमेल भएको छ ।
वीरगञ्जको मेयरमा २३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ भने ७ जना दलका तर्फबाट उम्मेदवार छन् । यसअघि २०७४ को चुनावमा १९, ३९३ मत ल्या...