बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले विद्यालय सञ्चालन नगर्न जिल्लाका स्थानीय तहसँग अनुरोध गरेको छ। प्रशासनले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको हो।कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह गरिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। हाल जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका विद्यालय सञ्चालनमा छन्। पञ्चेश्वर गाउँपालिकाले भदौ ७ देखि विद्यालय सञ्चालन गर्ने तयार