शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तक खरिदका लागि विद्यालयको खातामा छिटो रकम निकासा गरिदिन स्थानीय तहलाई आग्रह गरेको छ। ७७ जिल्लाकै विक्री केन्द्रहरूमा पाठ्यपुस्तक पुगे पनि केही विद्यालयहरूले अझै पाठ्य पुस्तक खरिद गरी ढुवानी नगरेको गुनासो आएपछि मन्त्रालयले छिटो बजेट निकासा गरिदिन स्थानीय तहलाई आग्रह गरेको हो। विद्यालय स्थानीय तह मातहत रहने भएकोले मन्त्रालयले स्थानीय…