नेपाली काँग्रेसले आफूभित्रका विवादलाई मिलाएर र आफूबाहिरका विवादलाई चिरेर अगाडि बढेको लामो इतिहास र अनुभव छ। इतिहासको यो चेतना र अनुभवको धरातलमा आजका विवादहरू मिलाउन सकिन्छ। तर काँग्रेसको केन्द्रीय तहमा विद्यमान अस्तब्यस्तता, संगठनमा देखिएको छरपस्टता, अनुशासनहीनता र निर्णयहीनताको खेदजनक परिस्थितिले जिम्मेवार सबै काँग्रेसजनलाई चिन्तित बनाएको अवस्था छ। नीति, नेता र संगठन राजनीतिक प्रक्रियाका विभिन्न तर […]