साउन १७, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २० हजार २४८ कित्ता संस्थापक शेयर आज (आइतवार)देखि विक्री गर्ने भएको छ ।
बैंकले बैंकका संस्थापक शेयरधनीहरुबाट विक्रीको लागि परेको आवेदनका आधारमा उक्त शेयर विक्री गर्न लागेको हो ।
आइतवार सूचना सार्वजनिक गर्दै यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सो सम्बन्धी विवरण खुला बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी दिन भनेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट खरीदको लागि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम उक्त शेयर विक्री प्रकृया अघि बढाइने जानकारी दिइएको छ ।