काठमाडाैं : साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएकाे छ।आज नेप्से परिसूचक १०५.५५ अंकले उकालो लागेर २ हजार ८ सय ८५ दशमलव ५३ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९ दशमलव ८१ अंकले बढेर ५ सय ३८ दशमलव ५३ को विन्दुमा पुगेको छ।कारोबार रकम सवा ६ अर्ब रूपैयाँभन्दा बढीको भएको छ।आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज विकास बैंक समूह सर्वाधिक ६.६५ प्रतिशतले उकालो लागेको छ।लगानी समूह ६.३६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.६० प्रतिशत, वित्त