जगदम्बा स्टील्सका नयाँ उत्पादन बजारमा

काठमाडौं (अस) । स्टील उत्पादक कम्पनी जगदम्बा स्टील्सले ग्याल्भा प्लस र सुपर शाइन नेपाली बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले केही समयअघि मात्र सिमरामा अत्याधुनिक प्लान्ट स्थापना गरी दुई नयाँ उत्पादन  सुरु गरेको हो । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टील्सको वार्षिक उत्पादन क्षमता ३ हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) छ । जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम–जिंक कोटिङयुक्त उत्पादन हो ।  जगदम्बा ग्याल्भा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ट उपकरण प्रयोग गरिएकाले घरका लागि उच्च सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरूप सुनिश्चित गर्ने दाबी कम्पनीको छ । जगदम्बा ग्याल्भा प्लस एन्टी–कोरोजन प्रविधिसहित निर्माण गरिएकाले यसले पाताको प्रारम्भिक क्षति रोकेर टिकाउ बनाउँछ । एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्ने कम्पनीले बताएको छ । भारी वर्षा, उच्च आद्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा प्लसमा रहेको छ । जगदम्बा सुपर शाइन प्रिमियम रंगद्वारा कोटिङ गरिएका पातामा उत्कृष्ट रंग प्रविधि प्रयोग गरिएकाले थप सुरक्षा दिने दाबी कम्पनीको छ । उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्छ । जगदम्बा सुपर शाइनको सतहमा सुरक्षात्मक गार्ड फिल्मको प्रयोग गरिएको हुँदा ढुवानी र  भण्डारणको समय सम्भावित क्षतिलाई रोक्ने कम्पनीको भनाइ छ । ग्याल्भा प्लसको प्रयोग छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल, विद्युतीय उपकरण वासिङ मेसिन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा गरिन्छ ।  जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो, जसले फलामलाई अक्सिडेसनबाट बचाउने हुँदा सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउने कम्पनीले जनाएको छ । जगदम्बा सुपर शाइन जस्तापाता कच्चा मालको रूपमा एल्युमिनियम–जिंक कोटेड प्लेट (पीपीजीएल) प्रयोग गरी निर्माण गरिन्छ । एल्युमिनियमले जगदम्बा ग्याल्भा प्लस वा जगदम्बा सुपर शाइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टीलभन्दा भिन्न बनाउने कम्पनीको दाबी छ । कम्पनीका उत्पादन जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस हाल विश्वका विभिन्न मुलुकमा निर्यात हुन थालेका छन् ।

सम्बन्धित सामग्री

हमदर्द इन्डियाका उत्पादन नेपाली बजारमा

काठमाडौं । हमदर्द ल्याबोरेटिज इन्डियाले हमदर्द ब्रान्डका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन आफ्नो उत्पादन नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । काठमाडौंको गैरीधारामा शनिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो उत्पादन नेपाली बजारमा आएको जानकारी कम्पनीले दिएको हो । कम्पनीका ग्लोबल बिजनेस हेड पंकज बेनर्जीले युनानी पद्धतिमा आफ्नो आईएसओ २२०००–२००५, […]

आइडिया स्टुडियोका तीन प्रतिस्पर्धीका तीन उत्पादन बजारमा

आइडिया स्टुडियोका विभिन्न सिजनमा सहभागी आइडिएटरहरूले आज एक कार्यक्रम गरी तीनवटा उत्पादन बजारमा ल्याएका छन् ।

हिताचीका चार उत्पादन नेपाली बजारमा

हिताचीका चारवटा उत्पादन नेपाली बजारमा उपलब्ध भएका छन् । हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर नेपालमा उपलब्ध भएका हुन् । नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक रमेश कर्पको सहायक कम्पनी युनिभर्सल इलेक्ट्रोकम प्रालिले चार वटा विभिन्न उत्पादनको घोषणा...

नेपाली बजारमा नयाँ उत्पादन ल्याउने हिटाचीको घोषणा

हिटाचीले नेपाली बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर नेपाली बजारमा आफ्ना नयाँ उत्पादन चाँडै नै ल्याउने घोषणा गरेको हो ।कम्पनीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको हो । उत्पादनहरूमा हिटाची माइक्रोवेभ ओभनका ४ मोडल, हिटाची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, […]

हिटाचीका नयाँ उत्पादन नेपाली बजारमा

काठमाडौं । हिटाचीका नयाँ उत्पादन नेपाली बजारमा भित्रने भएका छन् । नेपालमा हिटाची होम अप्लायन्सेजको आधिकारीक वितरक रमेश ग्रुप अन्तर्गत्को युनिभर्सल इलेक्ट्रोकमले काडमाडौंमा एक पत्रकार तथा वितरक भेटघाट कार्यक्रममा हिटाचीले फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरका नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको हो । यी उत्पादन आधुनिक, टिकाउ एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको […]

नेपालमा उत्पादन भएको क्यानसरको औषधी बजारमा

नेपालमा उत्पादन भएको क्यान्सर रोगबिरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) बजारमा आएको छ । टिजिग फार्मा  प्रालिबाट उत्पादित एन्टि क्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आउन थालेको हो ।  टिजिगका...

शौर्य सिमेन्टको उत्पादन बजारमा

शौर्य सिमेन्टले बजारमा आफना उत्पादन बिक्री–वितरण सुरु गरेको छ । सिरहाको मिर्चैयामा रहेको शौर्य सिमेन्ट इन्डष्ट्रिजले ओपीसी, पीपीसी, पीएससी र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरीका सिमेन्टहरु उत्पादन गर्छ ।जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको दाबी कम्पनीको छ । कम्पनीले दैनिक ७० हजार बोरासहित […]

विश्व प्रसिद्ध अर्बिटाको उत्पादन नेपालको बजारमा

चीनको विश्व प्रसिद्ध होटल सुरक्षा सम्बन्धी सामग्री उत्पादन गर्ने अर्बिटाका उत्पादन नेपाली बजारमा उपलब्ध छ।...

सिताराम डेरीका उत्पादन बजारमा

सीताराम गोकुल मिल्क्सले दही, पनिर, फ्लेबर मिल्क र लस्सी बजारमा ल्याएको छ । अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्याकेजिङमा यी उत्पादन बजारमा ल्याएको कम्पनीले जनाएको छ । उद्योगका प्रवन्ध निर्देशक सुमित केडियाले उपभोक्ताको माग अनुसार दूधका विभिन्न उत्पादन बजारमा ल्याएको बताए ।सिताराम गोकुल मिल्कसले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी दिएको जनाएको छ । २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा […]

बजारमा यति कार्पेटको उत्पादन एबं बिक्री शुरु

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटको उत्पादन एबं बिक्री शुरु गरेको छ ।  बिभिन्न आकर्षक रङ्गहरुमा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको हो । आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ । बिभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । बिश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धे