सभामुख देवराज घिमिरे प्रतिपक्षी दलका सांसदलाई बोल्न अंकुश लगाउन खोज्दा विवादमा परेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार रास्वपाका सांसद हरि ढकाल डेडिकेटेड तथा ट्रंकलाइनको महसुल बक्यौताको विषय उठाउन खोज्दा सभामुख घिमिरेले माइक काटिदिएका थिए । सत्तारूढ एमालेका सांसद दामोदर पौडेल वैरागी विषयान्तर हुँदा भने उनले रोकेनन् । रास्वपाले सभामुखलाई पक्षधरता नदेखाईकन प्रतिपक्षको आवाज सुन्ने वातावरण बनाउन आग्रह गरेको छ ।