पाँच वर्षअघि जगरनाथपुर गाउँपालिका–६ औराहाका १४ वर्षीय शिववरण चौधरीका दुवै आँखाको ज्योति गुम्यो । त्यसपछि उनी विद्यालय जान सकेनन् । सशक्तीकरणका लागि शिक्षा कार्यक्रम (इङेज परियोजना) ले अभिभावक र उनलाई अध्ययन अघि बढाउन प्रेरित गर्यो । २ वर्षअघि ब्रेललिपिबाट अध्ययन गर्न शैक्षिक सामग्री र आर्थिक सहयोगसमेत दिएपछि उनी वीरगन्जस्थित त्रिजुद्ध माविमा कक्षा ३ मा भर्ना भए ।