अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको छ । उज्यालो बैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने संगितालाई शिक्षा हाँसिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्ने समस्या हटेको छ । “बिहे गर्दा कक्षा १ सम्म मात्र पढेको थिए, एबीसी लेख्न पनि जानेको थिइन । कुनै सहरमा जाँदा कहाँ आइपुगेको छु भन्ने बुझ्न अरुलाई सोध्नुपर्थ्यो । निकै समस्या हुन्थ्यो,”