एमाले चुनावमा मतदान सकियो, खसेनन् सबै मत

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको निर्वाचनमा मतदान कार्य सकिएको छ । कूल २ हजार १५३ मतदाता रहेकोमा सबै मत भने खसेनन् । निर्वाचन आयोगले मतदान सकिए पनि खसेको मतको औपचारिक विवरण संकलन भइरहेको जनाएको छ । केहीबेरअघि एमाले नेता राजन भट्टराईले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बिहान १०ः३५ बजेसम्म २ हजार ६९ मत खसिसकेको थियो । मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू भएको थियो । अब केहीबेरमा मतगणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ ।  

सम्बन्धित सामग्री

एमाले पाँचथर नेतृत्व चयनका लागि मतदान सकियो

पाँचथर-नेपाल कम्युनिष्ट पार्टी एमाले पाँचथरको नवौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । उपाध्यक्ष र उप-सचिव सहित पाँच जना खुल्ला सदस्य पदमा सहमति नजुटेपछि मतदान गरिएको हो ।

एमाले गण्डकी अधिवेशन : मतदान सकियो, केहिबेरमा मतगणना हुने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको मतदान सकिएको छ । मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो । मतदानमा ८८७ जना सहभागी भएको र २० जना अनुपस्थित रहेकाे निर्वाचन कमिटीले जनाएको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । मिनप्रसाद गुरुङ […]

एमाले गण्डकी : मतदान सकियो, मतगणनाकाे तयारी

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशकाे नेतृत्वका लागि भएकाे मतदान सकिएकाे छ । बिहीबार दिउँसाे १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो । कुल ९ सय ७ प्रतिनिधि रहेकामा ८ सय ९६ जना मतदानमा सहभागी भएकाे निर्वाचन कमिटीले जानकारी दिएकाे छ । विद्युतीय माध्यमबाट भएकाे मतदानकाे केहीबेरमा मतगणना सुरु गर्ने ...

मतदान सकियो, दुई घण्टापछि नतिजा सार्वजनिक गरिने

१२ असोज, काठमाडौ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा एक हजार १३३ मत खसेको छ । अधिवेशनमा भूगोल, जनसंगठन र मनोनीत गरी एक हजार १७४ प्रतिनिधि सहभागी थिए । तर दिउँसो २ बजे शुरु भएर साँझ ८ बजे सकिएको मतदानमा ४१ जना अनुपस्थित रहे । मतदानका लागि ४० वटा विद्युतीय मेसिन राखिएको थियो । […]

कास्की एमाले अधिवेशन : जिल्ला नेतृत्वका लागि मतदान सकियो, आजै मतगणना

नेपाल कम्युनिस्ट पार्टी एमाले कास्कीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशन अन्तरगत मंगलबार भएको निर्वाचनमा ९१९ सदस्यमध्ये ८९६ जनाले मतदान गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न सकिएको थियो । एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थनमा मनबहादुर गुरुङ उम्मेदवार बनेका छन् भने अर्का संगठन विभाग प्रमुख खगराज अध

एमाले जिल्ला अधिवेशन: ४० जिल्लामा मतदान सकियो

काठमाडौं– नेकपा एमालेको अधिवेशन ६४ जिल्लामा भइरहेको छ । हालसम्मको जानकारी अनुसार ४० जिल्लामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भइसकेको छ । हालसम्म ३४ जिल्लाको नेतृत्व सर्वसम्मत रूपमा भएको छ भने कुनै स्थानमा मतदानको प्रक्रियाबाट निर्वाचन हुँदैछ । एमालेले बाँकी केही जिल्लामा चुनाव गरिरहेको छ । को कहाँ अध्यक्षमा निर्वाचित भए ? १) झापा –दीपक कार्की […]

एमाले महाधिवेशन : मतदान सकियो, दुई घण्टामा परिणाम आउने !

नेकपा एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत मतदान सकिएको छ। राति २ बजेपछि सुरु हुने भनिएको मतदान बिहान करिब ४ बजे मात्र सुरु भएको थियो। अध्यक्षका उम्मेदवार केपी ओली, भीम रालवलगायतका नेताहरूले सुरूवातमा मतदान...

एमालेको मतदान सकियो, केही समयभित्र नतिजा सार्वजनिक हुने

चितवन । नेकपा एमाले महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। २ हजार १ सय ५३ मतदाता मध्ये अहिले २ हजार ८० जनाले मतदान गरेको निर्वाचन आयोगका सदस्य हरिशरण दाहालले जनाएका छन्। अबको केहीबेरमा मतगणना सुरु हुने र केही समयभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

एमाले महाधिवेशन : मतदान सकियो, केही बेरमै परिणाम आउने

चितवन – नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । दुई हजार १५३ प्रतिनिधिमध्य करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन् । मतदानबारे औपचारिक घोषणा हुन भने बाँकी छ । मतदान सकिएको केही घण्टामै मत परिणाम सार्वजनिक हुने छ। मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय […]

एमाले महाधिवेशन : मतदान सकियो

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मंगलबार बिहानदेखि जारी मतदान केहीबेरअघि सकिएको हो । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो ।एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शा