१२ असोज, काठमाडौ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा एक हजार १३३ मत खसेको छ । अधिवेशनमा भूगोल, जनसंगठन र मनोनीत गरी एक हजार १७४ प्रतिनिधि सहभागी थिए । तर दिउँसो २ बजे शुरु भएर साँझ ८ बजे सकिएको मतदानमा ४१ जना अनुपस्थित रहे । मतदानका लागि ४० वटा विद्युतीय मेसिन राखिएको थियो । […]