नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काँग्रेसको रूपान्तरणदेखि सबै तहका निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने आफ्ना विभिन्न एजेण्डाका साथ उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।विसं २०३८ देखि राजनीतिमा प्रवेश गरेका उनीसँग यसअघि काँग्रेसको दुई पटक पार्टीको केन्द्रीय सदस्य र दुई पटक सांसद भएको अनुभव छ । सामाजिक सेवामा समर्पित सांसद लामा नेपाल निर्माण व्यवसायी महा