एभरेष्ट बैंकद्वारा सहयोग

एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरूलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ।...

सम्बन्धित सामग्री

एभरेष्ट बैंकद्वारा भूकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंकले भूकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग गरेको छ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । बैंकले २५ लाख प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ । उक्त रकमबाट भुकम्प […]

एभरेष्ट बैंकद्वारा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड उपलब्ध गराएको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रूपन्देहीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले एभरेष्ट बैंकको यो सहयोगले सर्वसाधारणलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले यसबाट तिलोत्तमावासीमा सुरक्षित बैंकिङ कारोबार गर्न हौसला मिल्ने भन्दै नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी र एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले सयजना भन्दा बढी टेम्पो तथा ई–रिक्सा चालक र महिला उद्यमीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरेका थिए ।

एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग - NepaliPatra

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले मानव सेवा आश्रम गोरखालाई पाच लाख आर्थिक सहयोग गरेको छ । गोरखामा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित […]

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंक लिमिटेडले धुनिबेशी नगरपालिका वडा नं. ७ खानीखोला, धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यामिक विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि दुई लाख २६ हजार आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सिआरएस कमिटीका सदस्य तथा नायब महाप्रबन्धक केशव राज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर […]

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि चार लाख उनान्सत्तरी हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा. गणेश राज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका थिए । यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका बजार

एभरेष्ट बैंकद्वारा भक्तपुर सीसीटीभी जडान समितिलाई एक लाख रुपैयाँ सहयोग

भक्तपुर – भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त–दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सीसीटीभी जडान समितिलाई एभरेष्ट बैंक लिमिटेडले एक लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकमको चेक बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले भक्तपुर सीसीटीभी जडान समितिका सचिव पदमलाल सिलाकारलाई महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। साथै, सो कार्यक्रममा बैंककातर्फबाट […]

एभरेष्ट बैंकद्वारा पाँच लाख सहयोग

एभरेष्ट बैंक लिमिटेडले विराटनगरको नागरिक केयर सेन्टरलाई नगद सहयोग गरेको छ । बैंकले कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्य उपचारका लागि केयर सेन्टरलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको हो । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्य उपचारमा सहजीकरण …

एभरेष्ट बैंकद्वारा नागरिक केयर सेन्टरलाई ५ लाख सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले विराटनगरको नागरिक केयर सेन्टरलाई नगद सहयोग गरेको छ । बैंकले कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्य उपचारका लागि केयर सेन्टरलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

एभरेष्ट बैंकद्वारा नागरिक केयर सेन्टरलाई ५ लाख सहयोग

जेठ २९, काठमाडौं । नागरिक केयर सेन्टर विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले रू. पाँच लाख सहयोग रकम उपलब्ध गराएको छ ।  कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण एवम् स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको बैंकले जानकारी दिएको छ । बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका बैंकले जानकारी दिएको छ ।

एभरेष्ट बैंकद्वारा विपदसँग जुध्न प्रदेश २ लाई ६ लाख आर्थिक सहयोग

जनकपुर - एभरेष्ट बैंक लिमिटेडले कोरोना भाइरससँग जुध्न प्रदेश २ लाई ६ लाख सहयोग गरेको छ । बैंकले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना ...