रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदै छ । शुक्रबार वादी पक्षबाट हटाइएको रिट आइतबार पेसी सूचीमा चढेको छ । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृत उदवीर नेपालीले उनको उम्मेदवारी खारेज गरिदिएका थिए । तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्थामात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी