निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका गुरुङले बिहीबार उम्मेदवारी खारेजीको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीले खारेज गरिदिएका थिए । गुरुङको कम्