रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजु गुरुङको उम्मेदवारी सम्बन्धमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । असोज ३० गते अल्पकालीन अन्तरिम आदेश दिएको अदालतले अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा बुधबार सुनुवाइ हुन लागेको हो । सत्ता गठबन्धनका तर्फबाट रुपन्देही २ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी खारेजविरुद्ध गुरुङ असोज २७ गते रिट लिएर सर