सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा नयाँ ट्विस्ट देखिएको छ । भदौ २७ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेर उनी एक्लैले हत्या गरेको जिकिर गरेको थियो । सोमबार पुनः जिल्ला सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर लोकबहादुरका भाई नरेशसमेत थप ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदी भन्छन्- ‘सामूहिक योजना र सबैजना मिलेर नै हत्या गरेको देखियो ।’लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की र छोरा हस्तबहादुर