सोमबार रातिदेखिको निरन्तरको वर्षापछि भक्तपुर डुबानमा परेको छ । आसपासका नदीमा जल सतह बढेपछि भक्तपुरको हनुमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धि स्मृति अस्पताल डुबानमा परेका हुन् ।सोमबार रातिदेखि मंगलबार बिहानैसम्म काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।