नेपाल राष्ट्र बैंककाअनुसार आज विदेशी मुद्राको विनिमय दर गत बिहीबारको तुलनामा अमेरिकी डलरको भाउ ३२ पैसाले अवमूल्यन भएको छ । बैंककाअनुसार गत बिहीबार ६ महिना यताकै उच्च विन्दु (११९.६७) मा पुगेको डलरको भाउ आज ३२ पैसाले घटेर एक डलरको नेपाली खरिददर ११९.३५ पैसामा झरेको हो । यस्तै, आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११९ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्री दर १३८ रुपैयाँ ६६ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ आज एकको खरिददर १६